
काठमाडौं, ७ साउन । नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा कास्य पदक जितेको छ ।
तेस्रो स्थानको लागि आज भएको खेलमा नेपालले श्रीलंकाको पुलिस क्लबलाई ३-१ ले हराएको हो । हेल्प नेपाल पहिलो तथा दोस्रो सेटमा विजयी भएको थियो । तेस्रो सेटमा हार बेहोरेको हेल्प नेपालले चौथो सेटमा जितका साथ तेस्रो स्थान हात पारेको हो ।
पहिलो सेट २५-२० तथा दोस्रो सेट २५-१५ ले जितेको हेल्प नेपालले तेस्रो सेट २०-२५ ले गुमाएको थियो । चौथो सेटमा २५-२३ को जित निकाल्दै हेल्प नेपालले कास्य पदक जितेको हो ।
हेल्प नेपाल लिग चरणको ५ मध्ये ४ खेलमा विजयी भएको थियो ।








प्रतिक्रिया