
काठमाडौं, ६ साउन । एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लिबीच बैंकका ग्राहकको स्वास्थ्य उपचारमा सहकार्यका लागि सम्झौता भएको छ ।
सम्झौतासँगै अब बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउन सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस सुविधाका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेशनल अस्पतालसँगको यस सहकार्यले ग्राहकहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।








प्रतिक्रिया