
काठमाडौं, ६ साउन । एयर इन्डियाको विमानमा आगो लागेको छ ।
आज दिउँसो हङकङबाट दिल्ली आएको विमानको पुच्छरमा रहेको सहायक पावर युनिट (एपीयू) मा आगो लागेको हो ।
उडान एआई ३१५ अवतरण पार्किङ गरेलगत्तै एपीयूमा आगो लागेको एयर इन्डियाले जानकारी दिएको छ । आगलागीबाट विमानमा केही क्षति भएको छ ।
यात्रुहरू ओर्लिरहेका बेला आगो लागेकाले सबै यात्रु सुरक्षित रहेको छन् ।









प्रतिक्रिया