
काठमाडौं, ६ साउन । आशान्त शर्मा निर्देशित चलचित्र ‘ताराहरू’ को दोस्रो ‘ऐया नि हो’ बोलको गीत सार्वजनिक भएको छ। गीत बूढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा स्वर सलिना विकेको रहेको छ ।
गीतमा समावेश नेवारी भाषाको र्यापमा कुन्दन शाक्यको स्वर छ। पीडा व्यक्त गरिएको गीतको भिडियोमा फिल्मका कलाकार मेनुका प्रधान, आशान्त शर्मा आफ्नै पीडा र मनोदशासँग जुधिरहेजस्तो देख्न सकिन्छ।
यसअघि ‘जाम त भने कुन बाटो जाम त ?’ बोलको पहिलो गीत र टिजर सार्वजनिक भइसकेको छ। फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ।
फिल्मले निम्न मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामना गर्नुपर्छ भन्ने देखाउन खोजिएको छ। फिल्ममा निर्देशक शर्मासहित मेनुका प्रधान, आभास अधिकारी, मिरा खड्का, कुन्दन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ।
वेज प्रा.लि. को प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्।








प्रतिक्रिया