
काठमाडौं, ६ साउन । भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान सूर्यविनायक नगरपालिका-८ इटभुचोकमा बनेपातर्फ जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको मयुर यातयातको बसले ठक्कर दिँदा पदैलयात्री भक्तपुर नगरपालिका-४ मंगलाछेँ घर भई हाल भक्तपुरको आदर्श बस्दे आएकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा भक्तपुर अस्पतामा मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने बस र त्यसका चालक नुवाकोट शिवपुरी गाँउपालिका-२ छाप घर भई हाल काठमाडौँको नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई पक्राउ गरेको छ ।









प्रतिक्रिया