
काठमाडौं, ५ साउन । नेपाललाई पराजित गर्दै बंगलादेशले यू–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा सम्पन्न खेलमा नेपाललाई ४–० ले पराजित गर्दै बंगलादेशले उपाधि जितको हो ।
बंगलादेशको लागि चारै गोल सागोरिकाले गरिन् । बंगलादेशकी सागोरिकाले आठौँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएकी थिइन् । बाँकी तीन गोल उनले दोस्रो हाफमा गरेकी हुन् ।
यसअघि प्रतियोगिताको पहिलो चरणमा बंगलादेशले नेपालविरुद्ध ३–२ को जित निकालेको थियो ।









प्रतिक्रिया