
काठमाडौं, ५ साउन । उत्तरी ढाकास्थित एक क्याम्पस परिसरमा बंगालादेशी सेनाको जेट विमान दुर्घटनाग्रस्त भएको छ ।
घटनामा एकको मृत्यु भएको र अन्य केही घाइते भएको उल्लेख गरियको छ ।
दुर्घटनाका बेला कलेज परिसरमा विद्यार्थीहरु बाहिरै थिए । घटनामा ४ विद्यार्थी घाइते भएका छन् ।
बंगलादेशी सेनाको जनसम्पर्क कार्यालयले संक्षिप्त विज्ञप्ति जारी गर्दै एफ ७ बीजीआई विमान दुर्घटनामा परेको पुष्टि गरेको छ ।








प्रतिक्रिया