
काठमाडौं, ५ साउन । बम्बई उच्च अदालतले सोमबार सन् २००६ को मुम्बई रेल विस्फोटमा कथित भूमिकाका लागि ट्रायल कोर्टले दोषी ठहर गरेका सबै १२ जनालाई रिहा गरेको छ ।
यो फैसला १९ वर्षपछि घोषणा गरिएको हो । बम्बई उच्च अदालतको विशेष बेन्च अभियोजन पक्षले भरोसा गरेको प्रमाण अभियुक्त व्यक्तिहरूलाई दोषी ठहराउन निर्णायक नभएको फैसला गरेपछि अदालतले सबै अभियुक्तहरूलाई तत्काल रिहा गर्न आदेश दिएको हो ।
यसैबीच शिवसेना सांसद मिलिन्द देवराले सोमबार सन् २००६ को मुम्बई रेल विस्फोटको सम्बन्धमा मुम्बई उच्च अदालतको फैसलालाई स्वीकार गर्न नसक्ने बतायका छन् । “एक मुम्बईवासीका रूपमा म बम्बई उच्च अदालतको फैसला स्वीकार गर्न सक्दिनँ । सन् २००६ मा म आफैँ मुम्बईबाट सांसद थिएँ र मैले गएर त्यो आतङ्कवादी हमलामा के भयो भनेर हेरेको थिएँ”, उनले भने ।
उनले महाराष्ट्र सरकारलाई उत्तम वकिल नियुक्त गरेर यस आदेशको विरुद्धमा अपिल गर्न आग्रह समेत गरे ।








प्रतिक्रिया