८ असार २०८३, सोमबार

ईयूका भोन डेर लेयन, कोस्टासँग सीको भेटघाट हुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ५ साउन । चीनले यस हप्ता बेइजिङमा युरोपेली संघ ईयू सँग ५० वर्षको कूटनीतिक सम्बन्धको अवसरमा उच्चस्तरीय शिखर सम्मेलन आयोजना गर्ने भयको छ , जसमा दुवै पक्षले विश्वव्यापी व्यापार अनिश्चितताहरूको बीचमा व्यापार विवादहरूलाइ समाधान गर्ने नीतिबारे चर्चा हुनेछ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टा बिहीबार चीन भ्रमण गर्नेछन् र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने कार्यतालिका रहेको, चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

चीनका प्रधानमन्त्री ली छ्याङले सोही दिन ईयू नेताहरूसँग २५ औँ चीन ईयू शिखर सम्मेलनको सह अध्यक्षता गर्नेछन्।

विश्वव्यापी व्यापार तनाव बढिरहेको र, चीनसँग संयुक्त राज्य अमेरिकाको सम्बन्धका कारण यो सम्मेलनलाइ बिशैष रुपमा हेरियको छ।

ईयू चीन सम्बन्ध सन् २०२१ मा तीव्र रूपमा बिग्रिएको थियो जब ब्रसेल्सले सिन्जियाङ क्षेत्रमा कथित मानव अधिकार उल्लंघनको आरोपमा चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगायको थियो , जसको जवाफमा बेइजिङले तत्काल प्रतिशोधी प्रतिबन्धहरू लगायो, जसले द्विपक्षीय आदानप्रदानलाई धेरै हदसम्म रोकेको थियो।

पछिल्ला वर्षहरूमा सम्बन्धहरू विभिन्न व्यापार विवादहरूले पनि प्रभावित भएका छन्, जसमा चिनियाँ निर्मित विद्युतीय सवारी साधन, युरोपेली ब्रान्डी र पोर्क, सरकारी खरिदमा मेडिकल उपकरणहरू, र रेयर अर्थ समावेश छन्।

ईयूले चीनलाई सहकार्यको साझेदार, आर्थिक प्रतिस्पर्धी र प्रणालीगत प्रतिद्वन्द्वीू को रूपमा वर्णन गरेको छ र विश्वव्यापी व्यापार अनिश्चितताहरूको बीचमा सम्बन्ध सुधार गर्न आवश्यक देखेको छ।