
काबुल, ५ साउन । इरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी परिवार शनिबार अफगानिस्तान फर्किएका छन् ।
अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८१ परिवार पाकिस्तानबाट र बाँकी एक हजार ४९५ परिवार ईरानबाट अफगानिस्तान फर्किएका हुन् । सीमाविन्दुमा उनीहरूलाई आवश्यक सहायता तथा सेवाहरू प्रदान गरिएकोे रिपोर्टमा उल्लेख छ ।
पछिल्ला केही महिनादेखि अफगान शरणार्थीहरू स्वदेश फर्किने क्रम तीव्र बन्दै गएको छ, किनभने इरान र पाकिस्तानले अवैध रूपमा बसोबास गरिरहेका अफगानी नागरिकहरूलाई देश छाड्न आग्रह गरेका छन् ।
गत वर्षदेखि हालसम्म १३ लाखभन्दा बढी अफगान शरणार्थी फर्किसकेका छन् । केवल जून महिनामा मात्र करिब ६ लाख अफगान शरणार्थी ईरानबाट फर्किएको रिपोर्ट गरिएको छ । सिन्ह्वा









प्रतिक्रिया