९ श्रावण २०८३, शनिबार

पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ४ साउन । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार भएको दुई अलग–अलग सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

पहिलो दुर्घटना ठट्टा जिल्लामा भएको हो, जहाँ तीव्र गतिमा गइरहेको एक बस अनियन्त्रित भएर पल्टिँदा ६ जनाको ज्यान गएको छ र २० भन्दा बढी घाइते भएका छन् ।

उक्त बसमा पिकनिक मनाउन गएका यात्रुहरू सवार थिए ।

दोस्रो दुर्घटना खैपुर जिल्लामा भएको हो ।

कराँचीबाट मनसेहरातर्फ जाँदै गरेको एक यात्रुबाहक बस राष्ट्रिय राजमार्गमा पल्टिँदा चार जनाको मृत्यु भएको र महिलासहित ४० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

Skip This