२८ असार २०८३, आइतबार

साझेदारले धोका दिएर करोडौँ घाटामा पुर्‍याएको र मानसिक तनाव दिएको भन्दै विशाल भण्डारीले गुहारे प्रधानमन्त्री

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । कमेडी च्याम्पियनका निर्माता तथा निर्देशन विशाल भण्डारीले आफूलाई साझेदारले धोका दिएको भन्दै प्रधानमन्त्री गुहारेका छन् ।

उनले आफूलाई एकजना साझेदारले सहमति विपरीत गएर रकम असुल गरेको साथै मानसिक तनावसमेत दिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यायको गुहार लगाएका हुन् ।

साझेदारले आफूलाई सिध्याउने नियतले अनेक कानूनी झमेलामा फसाएको साथै सहमति अगावै आफ्नो रकम लगेर पनि थप ९० लाख लिएर गएको र फिर्ता नगरेको उनको भनाइ छ । न्यायका लागि जाँदा प्रहरीले पनि आफूलाई साथ नदिएको उनले गुनासो गरेका हुन् ।

भण्डारीका अनुसार १९ महिनाअघि ती गैरआवासीय नेपाली ३.५ करोड रुपैयाँ लगानी गरेर ३० प्रतिशत सेयर किन्ने सर्तमा निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालिमा प्रवेश गरेका थिए। ‘कमेडी च्याम्पियन’ सिजन ३ चलाउन आवश्यक डेढकरोड तत्काल दिने र मुनाफाको हिसाब आएपछि थप गरेर ३.५ करोड पुर्‍याउन भद्र सहमति आफूहरूबीच भएको जनाउँदै विशालले आफूसँग २ करोड १५ लाखको सेक्युरिटी चेक लिएको उल्लेख गरेका छन्।

ती व्यक्तिले आफ्नो माथिल्लो तहमा पहुँच रहेको भन्दै दुःख दिनेगरेको समेत उल्लेख गरेका छन्। ‘राज्य प्रशासनमा भएको ढोंगी पहुचको दुरुपयोग गर्दै आफै संचालक रहेको कंपनीको चेक लगेर बैकिंङ कसुरमा मेरा बिरूद्ध मुद्दा दायर गरेर मलाई दिनु दुस्ख दिए। र, दवावमा राखेर २ करोड ४० लाख असुले।’

यस्तो छ भण्डारीको स्टाटस्–