
काठमाडौं, ४ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्।
उनले आज राजीनामा दिएका हुन् । उनी गत जेठ २२ गते नियुक्त भएका थिए । दुई महिना पनि नपुग्दै कप्तानको विषयमा विवादमा तानिएका वाइल्डले राजीनामा दिएका हुन् ।
यस विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले वाइल्डलाई स्पष्टीकरण पनि सोधेको थिए । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ क्लब विश्वकपका लागि अमेरिका गएका कारण उनी फर्केपछि मात्र राजीनामाको विषयमा निर्णय हुने बताइएको छ ।








प्रतिक्रिया