
काठमाडौं, ३ साउन । अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान एउटा गाडीले भीडलाई ठक्कर दिँदा २८ जना घाइते भएका छन् ।
पूर्वी हलिउडमा १०० भन्दा बढी उद्धारकर्मीहरूले घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरी अस्पतालमा पठाएका छन् ।
घाइतेमध्ये तीन जनाको स्वास्थ्य अवस्था निकै गम्भीर छ |
छ जनालाई गहिरो चोट लागेको तथा अन्य १९ जना सामान्य घाइते भएका छन् ।
यो घटना भएको क्षेत्र सूर्यास्त बुलेवार्ड र वाक अफ फेमजस्ता हलिउड स्थलहरूको नजिक रहेको छ ।








प्रतिक्रिया