१५ असार २०८३, सोमबार

लाइभ रिपोर्टिङ गर्दागर्दै बाढीले बगाएपछि

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । पत्रकारहरू रिपोर्टिङ मात्रै गर्दैनन् कहिलेकाहिँ आफैं समाचार पनि बन्छन् । पाकिस्तानको रावलपिंडीबाट यस्तै एउटा भिडियो बाहिर आएको छ । जसमा एक रिपोर्टर बाढीको रिपोर्टिङ गर्दा पानीको तीव्र बहावमा बगेका देखिन्छन् । यो घटना पाकिस्तानको चाहन बाँध नजिकै भएको हो, जहाँ उनी बाढीको अवस्थाको प्रत्यक्ष कभरेज गरिरहेका थिए ।

अल अरबिया अंग्रेजीले सामाजिक सञ्जालमा एक्समा सार्वजनिक गरेको भिडियोमा रिपोर्टर कम्मरसम्म पानीमा उभिएर आफ्नो माइक लिएर रिपोर्टिङ गरिरहेको स्पष्ट देखिन्छ । उनी आफ्नो काममा पूर्ण रूपमा मग्न हुन्छन्, तर त्यसपछि पानीको बहाव अचानक तीव्र हुन्छ र केही सेकेन्डमा उनको टाउको र हात पानीमा डुब्छन् । केही समयमै रिपोर्टर पानीमा बग्छन् । यो सम्पूर्ण दृश्य क्यामेरामा रेकर्ड हुन्छ । लाखौंले हेरेको यो भिडियोमा धेरैले रिपोर्टरको साहसको प्रशंसा गरेका छन् ।

पाकिस्तान हाल भारी वर्षा र बाढीसँग जुधिरहेको छ । विशेष गरी पञ्जाब प्रान्तमा अवस्था खराब छ । जुलाई १ देखि त्यहाँ सामान्यभन्दा बढी वर्षा भइरहेको छ र अहिलेसम्म ५४ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानको मौसम विभागका अनुसार यस वर्ष जुलाई महिनामा औसतभन्दा ८२ प्रतिशत बढी वर्षा भएको छ ।