२७ जेष्ठ २०८३, बुधबार

यू–२० वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल ८–० ले विजयी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ ३ साउन । नेपालले यू–२० वुमेन्स साफ च्याम्पियनसिपमा भुटानलाई शनिबार ८–० ले पराजित गरेको छ ।

बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा भएको खेलमा समीक्षा मगर र कुसुम खतिवडाले पनि १ १ गोल गरे ।

यो जितपछि नेपालको पाँच खेलबाट १२ अंक भएको छ । भुटानमाथिको यो ठूलो अन्तरको जितले उपाधि होडमा नेपाललाई सहयोग हुन सक्नेछ ।

मीनाले ४४ औं सेकेन्डमा गोलको खाता खोलेयता १२ र ६५ औं मिनेटमा गोल गरिन् । यस्तै पूर्णिमाले २३, पहिलो हाफको इन्ज्युरी समयको पहिलो र छैटौं मिनेटमा गोल गरिन् ।

समीक्षाले भने नवौं मिनेटमा गोल गरिन् । यस्तै कुसुमले ६३ औं मिनेटमा गोल गरिन् ।

अब शनिबारको अर्को खेलमा ेबंगलादेशले श्रीलंकाको सामना गर्दैछ ।