२७ असार २०८३, शनिबार

चर्चित तेलुगु हास्यकलाकार फिश वेंकटको ५३ वर्षको उमेरमा निधन

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । चर्चित तेलुगु अभिनेता तथा हास्यकलाकार फिश वेंकटको ५३ वर्षको उमेरमा निधन भएको छ ।

मिर्गौलासम्बन्धी रोगबाट पीडित रेहका उनको शुक्रबार हैदराबादको एक अस्पतालमा निधन भएको तेलंगाना टुडेले जनाएको छ ।

मिर्गौला फेल भएपछि र मिर्गौला प्रत्यारोपणको आवश्यकता परेकाले उनलाई अस्पताल भर्ना गरिएको थियो र आईसीयूमा राखिएको थियो । उनको उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।