१ असार २०८३, सोमबार

रञ्जना र सजिनाको तीज गीत ‘आमाले सुने लुकेर रोलिन्’ बजारमा (भिडियो)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । नेपाली महिलाहरूको महान पर्व तीज नजिकिँदै गर्दा धमाधम तीज गीतहरु बजारमा आइरहेको छ । यसैक्रममा ‘आमाले सुने लुकेर रोलिन्’ बोलको तीज गीत बजारमा आएको छ ।

रञ्जना कडरियाको शब्द, सजिना लामिछाने र भुवन भट्टराईको संगीत, गायिका सञ्जु न्यौपानेको स्वर रहेको गीत रञ्जना कडरिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

मर्मस्पर्शी मौलिक तीज गीत ‘आमाले सुने लुकेर रोलिन्’को म्युजिक भिडियोमा रञ्जना कडरिया, सजिना लामिछाने, खादानन्द कडारिया, निरु कडारिया, बासु खनाल, भीम मैनाली, भुवन भट्टराई, अस्मिता कार्की, शान्ति शर्मा, राधाकृष्ण पुडासैनी, देवी खड्का लगायतको अभिनय रहेको छ ।

सजिना लामिछानेको निर्देशन रहेको भिडियोमा मेकअप संगीता महतारा, छायांकन रमित बोहरा, सम्पादन तथा रंग संयोजन राज धामीको रहेको छ ।