२४ जेष्ठ २०८३, आइतबार

कामना सेवा विकास बैंकको चौथो त्रैमाससम्म सञ्चालन मुनाफा ९८ करोड नाघ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले चौथो त्रैमाससम्म ९८ करोड ७० लाख रुपैयाँको सञ्चालन मुनाफा आर्जन गरेको हो । यस अवधिमा बैंकले ६३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ५२ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ १० पैसा रहेको छ । सञ्चालन सूचक पनि सुदृढ देखिएको छ । नियामक नेपाल राष्ट्र बैंकको मापदण्डभन्दा उच्च १३.२० प्रतिशत पुँजीकोष अनुपात कायम गर्दै बैंकले वित्तीय मजबुती प्रदर्शन गरेको छ ।

यस्तै, बैंकले निष्क्रिय कर्जा अनुपात ३.३८ प्रतिशत कायम गर्न सफल भएको छ ।

हाल देशभर १३० शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले यस त्रैमाससम्मको वित्तीय विवरण राष्ट्र बैंकले तोकेको समयसीमाअघि नै प्रकाशित गरेर नियामकीय पालना तथा पारदर्शिता सुनिश्चित गरेको छ ।

बैंकले आगामी दिनमा पूँजी संरचना थप मजबुत बनाउने उद्देश्यले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ । सोही प्रयोजनका लागि धितोपत्र बोर्डमा निवेदन दर्ता भइसकेको छ । स्वीकृति प्राप्त भएलगत्तै सेयर निष्कासन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।