
काठमाडौं, २ साउन । गायिका एलिना चौहानले बैवाहिक सम्बन्धमा रहँदा पूर्व श्रीमान विष्णु सापकोटाले कुटपिट गरेको भन्दै तस्वीर सार्वजनिक गरेकी छिन् ।
विष्णुले आफूसँग जोडेर विभिन्न आरोपहरू लगाउने गरेको भन्दै अस्ट्रेलियामै कानुनी उपचारको प्रक्रिया सुरु गरेको जानकारी गराए लगत्तै एलिनाले कुटपिटको तस्वीरसहित आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।
एलिनाले अहिले दोहोरिएर उही कुरा आएपछि आफ्नो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गरेको बताएकी छिन् । उनले आफ्नो भोगाइहरू सुनाउँदा किन अहिले प्रश्न गरिएको भन्दै प्रश्ननै सोधेकी छन्।
उनले देश र समाज पुरुषप्रधान सोचमा जगडिएको भन्दै सत्य बोल्नेलाई अपराधी बनाउने गरिएको टिप्पणी गरेकी हुन्।
‘स्पष्ट भन्न चाहन्छु- यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन। यो लडाइँ हो त्यस मानसिकतासँग, जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ। जसले पीडितलाई नै कठघरामा उभ्याउँछ। जब मैले आफ्ना भोगाइहरू सुनाएँ, म माथि फेरि प्रश्नहरू उठाइए ‘किन अहिले ?’, ‘किन फेरि ?’, उनले थप भनेकी छन्, ‘तर मलाई थाहा छ यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ। यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ। तर अब म चुप लाग्दिनँ। अब यो केबल मेरो न्यायको लडाइँ होइन। यो हरेक नेपाली चेलीको आवाज हो। म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु। किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ।’







प्रतिक्रिया