१९ असार २०८३, शुक्रबार

सानिमा बैंकको अनलाइन ई–कम कार्ड टपअप सुविधा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । सानिमा बैंकले ई–कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइनमार्फत कार्डमा टपअप गर्न मिल्ने सुविधाको सुरुवात गरेको छ ।

ई–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट युएसडी ई–कम भिसा कार्डमा टपअप गर्न सक्नेछन् । ग्राहकहरुले सानिमा सजिलो ईबैंकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट (ई–कम अनलाइन पेमेन्ट)मा आफ्नो विवरणहरु राखेर टपअप गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टपअपको प्रकिया अगाडि बढाउन सक्नेछन् । साथै, यो प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटिपी राखे पश्चात् कार्डमा तुरुन्तै टपअप हुनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।