२९ आश्विन २०८३, बिहिबार

अडिओमा मैले मागेको फेला परे जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री अधिकारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो चरित्र हत्या भएको बताएका छन् ।

अडिओ प्रकरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नियोजित रूपमा हल्ला फैलिएको उल्लेख गर्दै कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय पनि भोग्न तयार भएको बताएका हुन् ।

मन्त्री अधिकारीले भने, ‘यहाँहरूले अडियो सुन्नुभएको छ । मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु। कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनेँ । त्यसपछि यी कुराहरू बाहिर आए,’ उनले भने।