
काठमाडौं, ३२ असार । नेपालको अग्रणी अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमाण्डुले साउन १ गतेदेखि ७ गतेसम्म ‘मनसुन धमाका सेल’ सञ्चालन गर्ने भएको छ ।
‘अफरको चट्याङ, छुटको बतास’ भन्ने नारासहित ल्याइएको यो विशेष अभियानमा ६० प्रतिशतसम्मको छुट, ९९९ रूपैयाँमा डेली फ्ल्यास सेल, ट्याब्लेटमा १० प्रतिशत छुट, एउटा किन्दा एउटा फ्री, र १० हजार रूपैयाँ बराबरको गिभअेवे लगायतका विविध अफरहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकहरूलाई सहज र भरपर्दो किनमेल अनुभव प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिने यो सात दिने अभियानअन्तर्गत २ हजार ४९९ रूपैयाँभन्दा माथिको खरिदमा निःशुल्क डेलिभरीको सुविधा पनि दिइनेछ । साथै, मोबाइल तथा घरेलु उपकरणमा सजिलो किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
मोबाइलमाण्डुका अनुसार फेसबुक, इन्स्टाग्राम र टिकटक लगायतका डिजिटल माध्यमबाट गिभअेवेहरू सञ्चालन गर्ने तथा सहभागी ग्राहकहरूलाई ह्यासट्याग मनसुनधमाकासेल, मोबाइलमाण्डु र फ्ल्याससेलनेपाल प्रयोग गरी आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्ने जनाएको छ ।
कम्पनीले ग्राहकहरूलाई मोबाइलमाण्डुडटकममा गई छुट, गिभअेवे, र अन्य अफरहरूको लाभ लिन आग्रह गर्दै मनसुनको यो अवसरलाई बचत र उपहारको मौसमका रूपमा उपयोग गर्न सुझाव दिएको छ ।








प्रतिक्रिया