३० जेष्ठ २०८३, शनिबार

लेखा व्यवस्थापन सांगठनिक सुशासनको पहिलो आधार : बोगटी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ३२ असार । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले पार्टीभित्रको लेखा व्यवस्थापन सांगठनिक सुशासन कायम गर्ने पहिलो आधार भएको बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीले दशवटै जिल्ला कमिटीहरुका लागि आयोजना गरेको आर्थिक तथा लेखा व्यवस्थापन प्रशिक्षण कार्यक्रममा निर्देशनात्मक प्रशिक्षण दिँदै इन्चार्ज बोगटीले यस्तो बताएका हुन् ।

पार्टीले सञ्चालन गरेको तीनमहिने वडा केन्द्रीत जरा अभियान र केन्द्रीय सर्कुलर अनुसार पार्टी सदस्यता वितरण तथा नवीकरण गर्ने सन्दर्भमा कर्णाली प्रदेश मातहतका दशवटै जिल्लाको काम प्रशंसनीय भएको उल्लेख गर्दै प्रदेश इन्चार्ज बोगटीले सुशासन र मर्यादित पार्टी संगठन निर्माणको अग्रणी पार्टी एमालेका हरेक कमिटीको लेखा व्यवस्थापन प्रणालीलाई चुस्तदुरुस्त बनाउन निर्देशन दिए ।

‘निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुमध्ये हाम्रो पार्टी नेकपा (एमाले) संस्थागत रुपमा मात्र नभएर आर्थिक पारदर्शिताका हिसाबले समेत उत्कृष्ट पार्टीका रुपमा स्थापित छ । त्यस पार्टीका प्रदेश र जिल्ला कमिटी हुँदै पालिका कमिटीहरुको सबै गतिविधिलाई पारदर्शी र पार्टी सदस्यप्रति जवाफदेही बनाउन अब रत्तिभर ढिलाई गर्न हुँदैन’, एमाले नेता बोगटीले भने, ‘पार्टी संगठनको काम कसरी सञ्चालन भैरहेको छ भन्ने बुझ्ने पहिलो सूचक नै लेखा व्यवस्थापन भएकाले केन्द्रीय लेखा आयोगको लोखा प्रणाली आनुसार सबै पार्टी कमिटिहरुको लेखा प्रर्णाली व्यवस्थापनको कामलाई तत्काल व्यवस्थित गर्नुहोस् ।’ हरेक पार्टी सदस्यहरुले प्रति महिना दिने सदस्यता शुल्ककै आधारमा पार्टीका सबै कमिटीहरु आर्थिक रुपमा सञ्चालन भएको दृष्टान्त उल्लेख गर्दै इन्चार्ज बोगटीले पार्टी केन्द्रको निर्देशन अनुसार पालिका तहसम्मका सबै कमिटिको कारोबार अनिवार्य रुपमा बैंक खाताबाट गर्न निर्देशन दिए ।

भावी नेतृत्वका विषयलाई लिएर पछिल्लो समय एमाले वृत र बाहिर भइरहेको अनावश्यक हल्लाका पछि नलाग्न प्रदेश र जिल्लाका नेतृत्वहरुलाई निर्देशन दिँदै बोगटीले पार्टीको नेतृत्वमा को आउने ? कसरी आउने भन्ने विषयको टुंगो आगामी एघारौं महाभिवेशले गर्ने भएकाले अनावश्यक हल्लाका पछि नलाग्न आमकार्यकर्ता पंक्तिलाई आग्रह गरे । पार्टीका कमिटी कस्ता बनाउने, कति संख्याका कमिटी निर्माण गर्ने ? नेतृत्वका लागि कस्तो प्रावधान राख्ने कुराको छिनोफानो पार्टीको आसन्न विधान महाधिवेशनले गर्ने बताउँदै बोगटीले सामाजिक सञ्जालमा आएका विषयको पछि नलागि पार्टी केन्द्रबाट जारी अन्तर पार्टी निर्देशन र सर्कुलरका आधारमा अघि बढ्न निर्देशन दिए ।

कर्णालीका दशवटै जिल्ला कमिटीका अध्यक्ष, लेखा आर्थिक तथा वित्त व्यवस्थापन विभागका प्रमुख, एमाले कर्णाली प्रदेश कमिटीका पदाधिकारी र लेखा तथा वित्त व्यवस्थापन विभाग प्रमुखसहितको उपस्थितिमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोगका प्रमुख डा. पुष्प कँडेलले सबै जिल्लाका पार्टीहरु केन्द्रीय लेखा आयोगको निर्देशन अनुसार आर्थिक कारोबारलाई व्यवस्थित गर्दै लैजाने हो भने लेखा व्यवस्थापनका हिसाबले पनि एमाले नेपालको एक नम्बर पार्टी बन्नमा कसैले नरोक्ने बताए ।

एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंङ शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा. कँडेल, सदस्य मिनराज कँडेल, डा. मणीराम, जनक बोहरा, प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले लेखा व्यवस्थापन र पार्टीको नीति र समसामयिक विषयमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेको एमाले कर्णाली प्रदेश कमिटी लेखा तथा वित्त व्यवस्थापन विभागका प्रमुख टेकराज पछाईले जानकारी र्दिए ।