
काठमाडौं, ३२ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक गरिएको छ ।
लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति तथा नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति भण्डारीको व्यक्तिगत वेबसाइट मंगलबार औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।
पूर्वराष्ट्रपति भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवं दस्तावेजहरूलाई एकै ठाउँमा संग्रहित तथा सुव्यवस्थित गर्दै सर्वसाधारणका लागि सहज पहुँचयोग्य बनाउने उद्देश्यले वेबसाइट तयार पारिएको भण्डारीको सचिवालयले जनाएको छ ।
यो वेबसाइट पूर्वराष्ट्रपति भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र होइन, लोकतान्त्रिक मूल्यहरू, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धनमा उनले पुऱ्याएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले निर्माण गरिएको बताइएको छ ।








प्रतिक्रिया