११ असार २०८३, बिहिबार

यू–२० महिला च्याम्पियनसिप : श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ असार । नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध शानदार जित निकालेको छ ।

बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७–० ले गोलअन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले पहिलो हाफमा पाँच गोल गर्‍यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

नेपालको जितमा मीनाले ह्याट्रिक गरिन् । उनले खेलको आठौं, ४२औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । साथै, पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एक/एक गोल गरिन् ।

जितसँगै नेपालले ३ खेलबाट ६ अङ्क बटुलेको छ । समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ ।

खेलको आठौं मिनेटमै नेपालले अग्रता लियो । नेपालको लागि मीनाले सुरुवाती गोल गरिन् । त्यसपछि खेलको १३औं मिनेटमा समीक्षाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

खेलको ४२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता बढाइन् । त्यसपछि पूर्णिमा एक्लैले पहिलो हाफमा दुई गोल थपिन् । खेलको ७०औं मिनेटमा मीनाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सरिताले अर्को गोल थपिन् ।