२८ असार २०८३, आइतबार

चीन सरकारद्वारा राखेपलाई खेल सामग्री सहयोग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई अन्तरराष्ट्रिय खेलकुद परिसरमा आज आयोजित एक कार्यक्रमबीच करिब रु ८५ लाख बराबरका विभिन्न ३४ प्रकारका खेल सामग्री हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा राखेप उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सदस्य–सचिव घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउँदै हरेक वर्ष यस्तै सहयोगले प्राप्त हुने प्रतिबद्धता पाएको बताएका छन् । उनले २० औँ एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेकाले दृढ सङ्कल्पका साथ प्रशिक्षण अगाडि बढाउनुपर्नेमा जोड दिए ।

डेपुटी चिफ दि मिसन वाङले यस सहयोगले थोरै भए पनि नेपाली खेलकुदको विकासमा टेवा पुग्ने बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले चीन सरकारले विगतमा पनि सहयोग गर्दै आएको स्ममरण गरे ।