२६ जेष्ठ २०८३, मंगलबार

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । इजरायली सेनाले हिज्बोल्लाहका लक्ष्यहरूमा प्रहार गरेको पुष्टि गरेको हो ।

इजरायली सेनाले एक विज्ञप्तिमा ‘हिज्बोल्लाहको रेडवान बल’ विरुद्ध ‘हवाई हमला’ गरिएको उल्लेख गरेको छ । ती हमलाले ‘आतंकवादी आक्रमणको योजना बनाउने र कार्यान्वयन गर्ने’ प्रशिक्षण केन्द्रहरूलाई निशाना बनाएको बताइएको छ ।

लेबनानी सञ्चार माध्यमका अनुसार, उत्तरी बेका उपत्यकाको वादी फराह क्षेत्रमा गरिएको हवाई हमलाले सीरियाली विस्थापित बसोबास गरेको एक शिविरमा आक्रमण गरेको थियो, जसमा १२ जनाको मृत्यु भएको छ । मृतकमध्ये सात जना सीरियाली रहेका छन् भने आठ जना घाइते भएका छन् ।

इजरायल र इरान समर्थित हिज्बोल्लाहबीच नोभेम्बरमा युद्धविराम सम्झौता भए पनि इजरायली आक्रमणहरू जारी छन् । सो युद्धविराम अनुसार हिज्बोल्लाहले आफ्ना लडाकु लितानी नदीको उत्तरतर्फ तान्नुपर्ने थियो भने इजरायलले पनि आफ्नो सेना पाँचवटा रणनीतिक स्थानबाहेक अन्य स्थानबाट फिर्ता गर्नुपर्ने थियो ।