
भक्तपुर, ३१ असार । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य घुससहित पक्राउ परेका छन्।
उनलाई आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनको साथबाट २४ लाख ५० हजार रुपैयाँ घुस रकम पनि बरामद भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि उनले घुस मागेका अख्तियारले जानकारी दिएको छ ।
आचार्यसँगै अख्तियारले कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउतलाई पनि पक्राउ गरेको छ ।








प्रतिक्रिया