१६ असार २०८३, मंगलबार

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल पुल्चोक, ललितपुरस्थित होपफुल हराईजन नेपाल प्रालिमा मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बीच होपफुल हराईजन नेपालका तर्फबाट डा. प्रकृति प्रधान (परामर्शदाता मनोचिकित्सक) र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंकिङ प्रमुख अन्जु बस्नेतको पनि उपस्थिति थियो ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल हराईजन नेपालमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।