
–अन्जनी कुमार अधिकारी
उदयपुर, ३१ असार । उदयपुरको कटारीमा सशस्त्र प्रहरीले ठूलो परिणाममा अवैध गाँजा बरामद गरेको छ । कटारी–२ खोक्सामा चेकजाँच गर्ने क्रममा ४ सय ३६ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।
सोमबार दिउँसो सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीबाट खटिएको टोलीले ४ सय ३६ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जानकारी दिए । उनका अनुसार को १ ज १२७५ नम्बरको बोलेरो गाडीमा लुकाईछिपाई गाँजा सिरहातर्फ लैजाँदै गरिएको अवस्थामा बरामद गरिएको हो ।
गाँजा तस्करीको आरोपमा गाडी चालक तेज राईलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानका लागि उनलाई ईलाका प्रहरी कार्यालयमा बुझाएको निरीक्षक राउतले बताए ।
पछिल्ला दिनमा कटारी नाकामा सशस्त्र प्रहरीले निगरानी र चेकजाँच कडा बनाउँदै लगेपछि तस्करीसहितका अवैध गतिविधि नियन्त्रणमा आउन थालेको छ । सशस्त्र प्रहरीले यसअघि पनि कटारी आसपासका क्षेत्रमा अवैध सामान तथा लागूऔषध नियन्त्रणका लागि नियमित गस्ती तथा चेकजाँच गर्दै आएको छ ।









प्रतिक्रिया