२४ जेष्ठ २०८३, आइतबार

‘लाइफ अझै बेटर’ बनाउने फुडमाण्डुको प्रतिबद्धता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सन् २०१० देखि नै ग्राहकहरुलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा पुर्‍याउने काम गरिरहेको फुडमाण्डुले ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता गरेको हो । गुणस्तरीय खानाको डेलिभरीमार्फत ग्राहकहरुलाई सरलता र खुशी प्रदान गर्दै आएको फुडमाण्डुले यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै आफ्नो सेवाहरुमार्फत आफ्ना ग्राहकहरुको ‘लाइफ अझै बेटर’ बनाउने विश्वासलाई दर्शाउँछ ।

फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, ‘विगत १४ वर्षदेखि हामी हाम्रा ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध छौँ । हामी केवल खाना डेलिभरी मात्र हैन, सो खानाको मार्फत हाम्रा ग्राहकहरु सम्म सहजता र खुशी पनि पुर्‍याउँछौँ । ‘लाइफ अझै बेटर’ बनाउनु नै सधै हाम्रो सिद्धान्त रहेको छ । व्यस्त दिनको दिउँसो खाना होस् वा सप्ताहन्तमा प्रियजनहरूसँगको भेला, हामीले हाम्रा ग्राहकहरुको आवश्यकता सधै पूरा गर्दै आएका छौँ ।’

फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौं घरदैलोमा खाना पुर्‍याउने काम गरिरहेको छ । फुडमाण्डुको १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी छ । यसका साथै फुडमाण्डुले वनमार्टमार्फत ग्राहकहरूको दैनिक आवश्यकता पर्ने सामानहरुका लागि तुरुन्तै डेलिभरी सेवा पनि दिँदै आएको छ ।