११ असार २०८३, बिहिबार

बैंकिङ क्षेत्रको समग्र सुधारका लागि कार्यदलद्वारा प्रतिवेदन पेस

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष सोमबार प्रतिवेदन बुझाएको हो ।

कार्यदलमा नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य एवं नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहेका थिए ।

केन्द्रीय बैंकबाट गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले यही असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएकामा सोमबार अन्तिम प्रतिवेदन बुझाएको हो ।