२५ जेष्ठ २०८३, सोमबार

भानु जयन्तीमा एक लाख एक रुपैयाँ राशीको शान्ति साहित्यिक पुरस्कार घोषणा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको पीस एम्बेसी बिल्डीङ्ग नक्सालमा स्रष्टाहरूले आफ्ना रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् ।

विश्व शान्ति तथा एकिकृत परिवार संघ, सिद्धान्त अनुसन्धान महाविद्यालय संघको संयुक्त आयोजनामा शान्ति साहित्यक सभा तथा एक लाख एक रुपैयाँ राशीको शान्ति साहित्यक पुरस्कार धोषणा गरिएको छ ।

साहित्यक सभामा आयोजक विश्व शान्ति तथा एकीकृत परिवार ससंघका दक्षिण एसियाका निर्देशक कृष्णबहादुर अधिकारी सेवकले पुरस्कारको घोषणा गरेका हुन् । गीतकार समेत रहेका अधिकारीले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताए । अधिकारीले नेपाल मात्र नभई दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताए ।

संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुवात हुनु अद्वितीय उदाहरण भएको अधिकारीको भनाइ छ । ‘भानु जयन्ती केबल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो,’ उनले भने, ‘नेपाल मात्र होइन, दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो ।’

अधिकारीले नेपाली भाषालाई अझ प्रगतिशिल र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताए । गीतकार अधिकारीले विश्व शान्तिका अभियान्ता डा. सन म्याङ्ग मुन र डा. हाक जा हान मुनको प्रेरणााबाटै आफूले साहित्य मार्फत शान्ति स्थापना गर्न सकियोस् भनेर शान्ति साहित्यक सभाको घोषणा गरेको जानकारी दिए ।

कार्यक्रमको प्रमुख आतिथ्यता भिम उप्रेतीले गरेका थिए । कविता बाचन कार्यक्रममा सन्तोषकुमार पोखरेल, स्नेह सायमी र रन्जना निरौला, कृष्ण बाउसे, भोजकुमार धमला, गंगा खतिवडा, दिप डाँगी, रिता खतिवडा, सुभाष सिंह पराजुली लगायतका १८ जना चर्चित अतिथि कविहरुले कविता वाचन गरेका थिए । कविता वाचन कार्यक्रममा अधिकांशले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसङ्गतिविरुद्ध सिर्जनामार्फत् भावना पस्किए । कवि रुपसिंह भण्डारीले सञ्चालन गरेको कार्यक्रमका स्वागत मन्तव्य एचबि खत्रीले दिएको कार्यक्रममा समाजसेवी विनोद डांगीले धन्यवाद मन्तव्य दिएका थिए ।