
काठमाडौं, २९ असार । साफ महिला यु-२० च्याम्पियनसिपमा नेपाल बंगलादेशसंग पराजित भएको छ ।
बंगलादेशमा जारी दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग ३-२ ले पराजित भएको हो । सिन्हा शिखाले १४औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् ।
खेलको ३६औं मिनेटमा सागोरिकाले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।
खेलको ७७औं मिनेटमा पेनाल्टीमार्फत नेपालकी अनिशा राईले गोल गर्दै अग्रता घटाइन् । ८६औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् ।
इन्जुरी समयको अन्तिम मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशको जित पक्का गरेकी थिइन् ।








प्रतिक्रिया