३१ असार २०८३, बुधबार

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुर नियुक्त भएका छन् । असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको बैंकले आइतबार जानकारी दिएको छ ।

ठाकुरसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरुको बोर्ड सदस्यको जिम्मेवरीमा रही कार्य गरेको अनुभव रहेको छ ।

आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पद बहाली गरेका छन् । साथै, सोही कार्यक्रममा बैंकको सञ्चालक समिति सदस्यहरुले संयुक्त रुपमा उनलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । उनको विगतको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।