२८ जेष्ठ २०८३, बिहिबार

मन्त्रीले घुस मागेको प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नाम जोडिएको घुस प्रकरणमा नेकपा (माओवादी) केन्द्रले प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रधानमन्त्रीले घुस आफूले पनि लिन्नँ र अरुलाई पनि लिन दिन्नँ भनेर नपुग्ने भन्दै प्रधानमन्त्री ओलीले यसबारे संसद्लाई जवाफ दिनुपर्ने भन्दै रुलिङको माग गरेकी हुन् ।

‘घुस डिलको विषयमा सार्वजनिक समाचार प्रशारण भइरहँदा चुप लागेर बस्ने होरु मन्त्रीजीको घुस डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन्र ? यस्तो प्रकारका मन्त्रीहरूले नैतिकता देखाउने विषय त टाढाको बन्दै छ। प्रधानमन्त्रीले म घुस पनि लिन्नँ, अरुलाई पनि लिन दिन्नँ भन्ने। अनि लिन्न र दिन्न मात्रै भन्ने टुक्काले पुग्छ कि पुग्दैन ?,’ उनले भनिन् ‘सम्मानीय प्रधानमन्त्रीले यो विषयमा के हो भन्ने संसद्‍मा प्रष्ट राख्नका लागि सभामुखबाट रुलिङको माग गर्दछु।’