२१ असार २०८३, आइतबार

राजनीतिक पार्टीहरु वैचारिक रुपमा पुनर्गठित हुन नसके विलय हुन्छन : योगेश भट्टराई

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले राजनीतिक पार्टीहरु सैद्धान्तिक र वैचारिकरुपमा पुनर्गठित हुन नसके त्यसको मृत्यु हुने बताएका छन् ।

शनिबार सोमप्रसाद मिश्रद्वारा लिखित पुस्तक ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू– तुलनात्मक अध्ययन’ विमोचन कार्यक्रममा बोल्दै उनले पार्टी पुनर्गठन हरेक राजनीतिज्ञ दलहरुको चुनौतीको रुपमा रहेको भन्दै पुनर्गठन हुन नसकेको पार्टी विलय हुने बताएका हुन् ।

उनले भने, ‘हरेक कुराको गठन र पुनर्गठन हुन्छ, हरेक क्षण पुनर्गठन भइरहन्छ जून पुनर्गठन हुँदैन त्यसको मृत्यु हुन्छ । हरेक राजनीतिज्ञ दललाई चुनौती छ । जसले आफूलाई पुनर्गठित गर्दैन उसको मृत्यु अवश्य छ । पुस्तकमा भने जस्तो धेरै देशहरुमा कति पार्टी आए कति गए, आज पनि केही देशहरु वाहेक राजनीतिक स्थायीत्व छैन ।’

उनले राजनीतिक दलहरु कहिले पनि पाको नहुने भन्दै पार्टीहरु आफूलाई बदल्दै नयाँ स्वरुपका आइरहने बताए । ‘पुराना दलहरु सकिँदैछन् । पुराना दलहरुको स्थान नयाँ पार्टीले लिँदैछन् भन्ने भाष्यहरु निर्माण हुँदैछ । पुराना दलले के गरे किन हामी भन्दै कविन्द्र जिहरु लाग्दै हुनुन्छ । राजनीतिक दलहरु कहिले पनि पाको हुँदैन । राजनीतिक दलको बुढो हुँदैन । बदलिँदै जान्छ पुनर्गठित हुँदै जान्छ । जून पुनर्गठित हुँदैन बुढो हुन्छ र मृत्यु हुन्छ,’ उनले भने ।

यसैगरी, कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले हाल नेपाली समाज पूँजीवादी सिद्धान्त भन्दा पूँजीपति सिद्धान्त अनुसार अगाडि बढिरहेको बताए ।

उनले भने, ‘समाज पूँजीवादी सिद्धान्तभन्दा पनि पूँजीपति सिद्धान्त अनुसार समाज अगाडि बढेको देखिन्छ । आफ्नो परिवार आफ्ना नजिकका मान्छेहरुलाई अलि बढि संलग्न गराउने व्यवस्थामा नै प्रहार भइसकेको जस्तो मलाई लाग्दैन ।’ उनले सोमप्रसाद मिश्रद्वारा लिखित पुस्तकले अबको राजनीतिका लागि नविन धारणा प्रस्तुत गर्न केही मार्गहरु खोलेको पनि बताए ।