
काठमाडौं, असार २७ । म्यानमारको मुस्लिम बहुल अल्पसङ्ख्यक समुदायको सामूहिक पलायनपछि पछिल्लो १८ महिनामा बङ्गलादेशमा सबैभन्दा ठूलो सङ्ख्यामा रोहिङ्ग्या शरणार्थीको आगमन भएको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका अनुसार सन् २०२४ को सुरुदेखि हालसम्म करिब एक लाख ५० हजार रोहिङ्ग्या बङ्गलादेशको कक्स बजार शरणार्थी शिविरमा पुगेका छन् ।“राखिन राज्यमा लक्षित हिंसा र उत्पीडन र म्यान्मारमा जारी द्वन्द्वले हजारौं रोहिङ्ग्यालाई बङ्गलादेशमा सुरक्षा खोज्न बाध्य बनाएको छ । सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीबाट भागेर आएका रोहिङ्ग्या समुदायका करिब १० लाख सदस्य बङ्गलादेशमा राहत शिविरमा बस्दै आएका थिए । २४ वर्ग किलोमिटर नौ वर्ग माइल मा फैलिएको शिविरहरू ‘विश्वको सबैभन्दा घना बस्ती भएको ठाउँहरूमध्ये एक’ बनेको छ।








प्रतिक्रिया