३१ जेष्ठ २०८३, आइतबार

पाकिस्तानी पृथकतावादीद्वारा ९ जना बस यात्रुको हत्या

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आतङ्कवादीहरूले पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्त हुँदै यात्रा गरिरहेका कम्तीमा नौ जना बस यात्रुलाई अपहरण गरी गोली हानेर हत्या गरेका छन् ।

अफगानिस्तान र इरानको सिमानामा रहेको गरिब तर खनिज समृद्ध बलुचिस्तानमा बढ्दो जातीय र पृथकतावादी हिंसासँग सुरक्षा बलहरू लडिरहेका छन् ।
“आतङ्ककारीहरूले दुईवटा यात्रु बसलाई राजमार्गमा रोक्न बाध्य पारे र नौ जना यात्रुलाई बाहिर निकाले

। तिनीहरूले उनीहरूलाई नजिकैको क्षेत्रमा लगेर सबैको हत्या गरेको बताइयको छ ।

आक्रमणकारीहरूले विशेष गरी देशको सबैभन्दा बढी जनसङ्ख्या भएको र समृद्ध प्रान्त तथा सेनाका लागि एउटा प्रमुख भर्ती आधार पञ्जाबका मानिसहरूलाई लक्षित गरेका थिए ।

बलुचिस्तान हाइड्रोकार्बन र खनिजमा धनी छ, तर यसको एक करोड ५० लाख बासिन्दामध्ये ७० प्रतिशत गरिबीको रेखामुनि बस्छन् ।

मार्चमा आतङ्कवादी समूहले चार सय ५० भन्दा बढी यात्रु बोकेको रेलमा घातक आक्रमण गरेको थियो ।