२० जेष्ठ २०८३, बुधबार

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल र भुटान भिड्दै

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । आजदेखि बंगलादेशमा साफ यू–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ ।

नेपालले आज भुटानसँग खेल्दै साफ यू–२० महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार ६ः१५ बजे हुनेछ । यो नेपाल र भुटानको एकखापसमा दोस्रो भेट हो । दुई वर्षअघि बंगलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जित हासिल गरेको थियो ।

त्यसअघि आज दिउँसो ३ बजे बंगलादेश र श्रीलंका आमने सामने हुँदैछन् ।

बंगलादेशको ढाकामा जुलाई ११ देखि २१ सम्म हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र सहभागी छन् । जसमा गत विजेता बंगलादेशसहित नेपाल, भुटान र श्रीलङ्का छन् ।

नेपाली महिला यू–२० मा बिर्सना चौधरी कप्तान रहेकी छन् भने अन्य खेलाडीमा लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्दाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, सुव्रिया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर रहेका छन् ।