२ असार २०८३, मंगलबार

फ्रान्सकी प्रथम महिलाबारे लैंगिक अफवाहमा दुई जनालाई सफाइ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फ्रान्सेली प्रथम महिला म्याक्रोन

पेरिस, २७ असार । फ्रान्सकी प्रथम महिला ब्रिगिट म्याक्रोनविरुद्ध मानहानीको आरोप लागेका दुई महिलाविरुद्ध लगाइएको सजाय फ्रान्सको एक अदालतले बिहीबार उल्टाइदिएको छ ।

गत वर्षको सेप्टेम्बरमा तल्लो अदालतले ती दुई महिलालाई ब्रिगिट म्याक्रोनलाई आठ हजार युरो र भाइलाई पाँच हजार युरो (पाँच हजार ५०० डलर) क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । तर पेरिसको पुनरावेदन अदालतले बिहीबार उनीहरूलाई ‘नाबालिगलाई हुर्काएको’ झुटो दाबीसहित ‘असल नियतले’ गल्ती गरेको भन्दै रिहा गरेको थियो । प्रतिवादीहरूले अब हर्जाना तिर्नु पर्ने छैन। अदालतले थप स्पष्टीकरण भने दिएको छैन ।

अर्को एक मुद्दामा प्रथम महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा चार जना पुरुषलाई अक्टोबरमा पेरिसको अदालतमा उपस्थित गराइने भएको छ ।

म्याक्रोनको लैङ्गिकताको बारेमा भ्रामक जानकारी वर्षौंदेखि सामाजिक सञ्जालमा फैलिरहेको छ । राष्ट्रपति इमानुएल म्याक्रोनसँग २४ वर्षको उमेरको अन्तरको विषय पनि उनीमाथिको आलोचनाको विषय भएको छ ।

फ्रान्सकी प्रथम महिला (फस्र्ट ल्याडी) ७२ वर्षीया ब्रिगिटको पहिलो नाम ट्रोग्नेक्स हो भने उनका एक भाइ छन् जसको नाम जाँ मिशेल हो ।

दुई महिलाले एक युट्युब भिडियो पोस्ट गर्दै उनीविरुद्ध लैङ्गिक अफवाह फैलाएपछि ब्रिगिट म्याक्रोनले सन् २०२१ को डिसेम्बरमा उनीहरूविरूद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् । भिडियोमा प्रतिवादी अमान्डाइन रोयले स्वघोषित स्वतन्त्र पत्रकार नाताचा रेसँग उनको युट्युब च्यानलमा चार घण्टा अन्तरवार्ता लिएका थिए । भिडियोमा रेले ‘राज्यस्तरबाट झूट’ र ‘घोटाला’ भएको दाबी गर्दै जाँ मिशेल ट्रोग्नेक्सले ब्रिगिट बन्नको लागि लिङ्ग परिवर्तन गरेको र त्यसपछि राष्ट्रपति इम्यानुयल म्याक्रोनसँग विवाह गरेको दाबी गरेका थिए ।

भिडियोमा शल्यक्रियाबारे व्याख्या गर्दै प्रथम महिला त्र्रिगिेटका भाइको बारेमा व्यक्तिगत जानकारी दिएको सुन्न सकिन्छ । यो दाबी हालसालै संयुक्त राज्य अमेरिकाका षडयन्त्रकारी सिद्धान्तकारहरूबीच पनि भाइरल भएको थियो ।

सन् १९८४ मा जन्मिएकी औरेलिन पोयरसन–एटलान (‘जो सागन’ भनेर चिनिने) एक व्यक्तिले पनि प्रथम महिलाको लैङ्गिकताबारे प्रचार गरेकी थिइन् ।

अमेरिकाकी पूर्वप्रथम महिला मिशेल ओबामा, पूर्वउपराष्ट्रपति कमला ह्यारिस र न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न पनि आफ्नो लिंग वा यौनिकताको बारेमा गलत सूचनाको निशानामा परेका छन् । एएफपी