१० असार २०८३, बुधबार

पाकिस्तान भारी वर्षाका कारण ११ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

pakistan rain

काठमाडौं, २६ असार । पाकिस्तानको लाहोर, पञ्जाब प्रान्तका वरपरका जिल्लाहरू र बलुचिस्तानका केही भागमा भारी मनसुनी वर्षाले कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएका छन् ।

भारी वर्षाले व्यापक बाढी निम्त्याउँदा दैनिक जीवनमा गम्भीर रूपमा बाधा पुगेको छ ।

लाहोरमा, मुषलधारे वर्षाले तल्लो छेउछाउ र प्रमुख सडकहरू डुबानमा पारेको बताइएको छ ।

पाकिस्तानको आपत्कालीन सेवा, उद्धार ११२२ का अनुसार पन्जाबभरि वर्षासँग सम्बन्धित घटनामा नौ जनाको मृत्यु भएको छ ।

यसैबीच, बलुचिस्तानमा पनि भारी वर्षा र तीव्र बतासका कारण मृत्यु र क्षति भएको छ । खुजदार र मस्तुङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।