१ श्रावण २०८३, शुक्रबार

नयाँ गीत ‘कुन्नि कति खेर’ सार्वजनिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । गायिका शिवानी भगत र भारतीय गायक देव अहिर रावको स्वरमा सजिएको नयाँ गीत ‘कुन्नि कति खेर’ सार्वजनिक भएको छ ।

आर्यतारा म्युजिकको प्रस्तुति रहेको गीतमा शब्द र सङ्गीत डा. सुरेश थपलियाको छ ।

मुम्बईको एट्मोस्फेयर स्टुडियोमा रेकर्ड गरिएको गीतमा सङ्गीत संयोजन देव अहिर रावले गरेका छन् भने मिक्सिङ/मास्टरिङ अरविन्द सोनुको रहेको छ ।

प्रकाश धितालले निर्देशन गरेको म्युजिक भिडियोमा सागर खनाल र बिना राउतको अभिनय रहेको छ । भिडियोमा सुविन गोदारको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन तथा रङ संयोजन रहेको छ ।