
काठमाडौं, २६ असार । भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पपछि मानिसहरू डराएर घरबाट बाहिर निस्किए । बिहीबार बिहान ९ः०४ बजे भूकम्पको झट्का महसुस गरिएको थियो ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार ४.४ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु राजधानी दिल्लीसँग जोडिएको हरियाणाको झज्जरबाट १० किलोमिटर उत्तरमा थियो । भूकम्पको झट्का ७ देखि १० सेकेन्डसम्म महसुस गरिएको थियो ।
यो पछिल्लो छ महिनामा दिल्लीमा तेस्रो भूकम्प हो । यसअघि १९ अप्रिल र १७ फेब्रुअरीमा पनि भूकम्प गएको थियो ।









प्रतिक्रिया