
तनहुँ, २६ असार । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीबाट सात लाख ९८ हजार रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए । आगोले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन् ।








प्रतिक्रिया