
काठमाडौं, २६ असार । नेकपा (एमाले)को विधान महाधिवेशनको सन्दर्भमा आयोजित जनसंगठनहरुको बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा सुरु भएको छ ।
केहीबेरअघिबाट सुरु भएको बैठकमा पार्टीका २३ वटै जनसंगठनका इन्चार्ज र अध्यक्षसहित पदाधिकारीहरु सहभागी छन् ।
आगामी भदौको अन्तिम साता हुने विधान महाधिवेशनको तयारीका लागि जनसंगठनको भेला बोलाइएको हो ।
जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार भदौको २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीका लागि जनसंगठनको कामको प्रकृति अनुसार विविध जिम्मेवारी प्रदान गरिनेछ ।
भेलालाई महासचिव शंकर पोखरेलले विशेष निर्देशन गर्ने बताइएको छ ।









प्रतिक्रिया