
काठमाडौं, २६ असार । नेकपा (एमाले)ले आगामी भदौको अन्तिम साता हुने विधान महाधिवेशनको तयारीका लागि आज जनसंगठनको भेला बोलाएको छ ।
जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार अहिले बिहान साढे ७ बजेदेखि पार्टी केन्द्रीय कार्यलय च्यासलमा भेला बोलाइएको हो । भेलामा सबै २३ वटै जनसंगठनका इन्चार्ज र अध्यक्षसहित सबै पदाधिकारीहरु सहभागी हुनेछन् ।
ढकालले जनाए अनुसार भदौको २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीका लागि जनसंगठनको कामको प्रकृति अनुसार विविध जिम्मेवारी प्रदान गरिनेछ । भेलालाई महासचिव शंकर पोखरेलले विशेष निर्देशन गर्नेछन् ।








प्रतिक्रिया