१९ असार २०८३, शुक्रबार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । नेपाली काँग्रेसले लुम्बिनीका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्काशन गरेको छ ।

असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको हो ।

यसअघि खनाललाई स्पष्टीकरण सोधिएकोमा जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसको विधान २०२७ (संशोधनसहित) धारा ३४ को उपधारा १ क ख र घ तथा उपधारा ङ बमोजिम १ वर्षका लागि पार्टी सदस्यबाटै निष्काशन गर्ने निर्णय गरिएको ढुंगानाले जानकारी दिए ।