३१ असार २०८३, बुधबार

अमेरिकाको टेक्सासमा रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

p oli

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपाललाई सतर्क रहन आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले टेक्सासमा बाढी आएकाले बसोबास गर्ने नेपालीलाई सतर्क रहन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले टेक्सासमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको ज्यान गएको र ती ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरे ।

“अमेरिकास्थित टेक्सासमा धेरै नेपालीको बसोबास छ । त्यहाँ अहिले बाढीका कारण १०० जना भन्दा बढीको ज्यान गएको खबर आएको छ । टेक्सासको बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु । त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गर्दछु”, प्रधानमन्त्री ओलीले लेखेका छन् ।